यसरी चयन गर्छ चीनले आफ्ना नेता…

प्रत्येक पाँच वर्षमा सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो महाधिवेशन गर्दा चीनतर्फ संसारको ध्यान खिचिएको हुन्छ।
यो भेलाले पार्टीको नेतृत्व कसले गर्छ भन्ने टुंगो लगाउँछ।
उनीहरुले नै चीनका १ अर्ब ३० करोड जनताको नेतृत्व गर्छन्।
साथै संसारकै दोस्रो ठूलो अर्थतन्त्रको पनि।
१९औं महाधिवेशन यही अक्टोबर १८ मा शुरु हुँदैछ।
बहालवाला पार्टी नेता एवम् राष्ट्रपति सी जिनपिङ्नै नेतृत्वमा रहने अनुमान गरिएको छ।
तर सँगै अरु नेतृत्व तहमा फेरबदल हुने ठानिएको छ।

महाधिवेशनले के गर्छ?
मध्य अक्टोबरमा देशभरबाट आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का प्रतिनिधिहरु बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा भेला हुन्छन्।
‘ग्रेट हल अफ द पिपल’मा २२ सयभन्दा बढी प्रतिनिधि देशभरबाट भेला हुनेछन्
पार्टीका २३ सय प्रतिनिधि छन्।
तथापि २२८७ मात्रै उपस्थित हुनका लागि छानिएका छन्।
१३ जना ‘अनुपयुक्त व्यवहार’ देखाएको भन्दै भाग लिन अयोग्य ठहर गरिएका छन्।
बन्द कोठाभित्र सीपीसीका प्रतिनिधिहरुले सबैभन्दा शक्तिशाली केन्द्रीय कमिटी चयन गर्नेछन्।
उक्त कमिटीमा २ सय जना सदस्य रहनेछन्।
त्यसले पोलिटब्युरो निर्वाचित गर्नेछ र त्यसबाट पोलिटब्युरो स्थायी कमिटी चयन हुनेछ।
तिनीहरु नै चीनका वास्तविक निर्णयकर्ता निकाय हुन्।

यो वर्ष के अपेक्षा छ?
पोलिटब्युरो स्थायी कमिटीको चयन महाधिवेशनबाट हुनेछ
१९औं महाधिवेशन मूलत: दुईवटा कुराका लागि चाखपूर्वक हेरिनेछ।
पहिलो, सीले एउटा लामो प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यसबाट आगामी पाँच वर्षमा चीनले कस्तो नीति लिन्छ भन्ने थाहा हुनेछ।
दोस्रो, पोलिटब्युरो स्थायी कमिटीमा लगभग नयाँ अनुहार आउने ठानिएको छ।
पछिल्ला केही वर्ष पार्टीले निश्चित पदकाहरुका लागि अनौपचारिक अवधि र उमेर हद तोकिएको छ।
६८ वर्षको उमेर हदका कारण धेरै पोलिटब्युरो स्थायी कमिटीका सदस्यहरुले पद छाड्ने ठानिएको छ।

सी जिनपिङ्का लागि के अर्थ?
यो महाधिवेशनले राष्ट्रपति सीको शक्ति थप मजबुत बनाउने ठानिएको छ।
सन् २०१२ मा सत्तामा आएयता उनलाई चीनका ‘वास्तविक’ नेताका रुपमा हेरिएको छ।
त्यसको अर्थ उनलाई माओ जेदोङ र देङ स्याओपिङ् जस्ता चीनका ठूला नेताहरुसँग तुलना गरिनु हो।
नेतृत्व तहमा उनका सहयोगीहरु आउने सम्भावना छ।
साथै “सी जिनपिङ विचार”का रुपमा चिनिने उनका नीतिहरु पार्टी दस्तावेजमा राखिने पनि हुनसक्छ।
त्यसले उनलाई चिनियाँ इतिहासमा माओकै तहमा पुर्याउनेछ।
परम्परागत रुपमा राष्ट्रपतिको दुई कार्यकाल हुने भएपनि यसपालि सीले त्यसलाई विस्तार गर्नसक्ने समेत अनुमान गरेका छन्। – बिबिसी नेपलीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।