साउदी अरबको राजदरबारमा गोलीबारी, तीनको मृत्यु

काठमाडौं, २२ असोज । साउदी अरबको अल–सलाम राजदरबारमा शनिवार एके–४७ राइफल लिएर पसेको एक व्यक्तिले गोलीबारी गर्दा दुई गार्डको मृत्यु भएको छ । पछि अन्य गार्डहरूले उक्त व्यक्तिलाई गोली हानेर मारेका छन् ।

आक्रमणकारी २८ वर्षीय मन्सूर अल–आमरी भएको बताइएको छ । ऊ साउदी नागरिक भएको थाहा भएको छ ।

साउदी अरबको गृह मन्त्रालयको सुरक्षा प्रवक्ताका अनुसार, आक्रमणकारीले राजदरबारको पश्चिमी गेटमा गोलीबारी गरेको थियो । दुई गार्डको मृत्यु भएको थियो भने तीन मानिस घाइते भएका थिए ।

यसैबीच साउदी अरबमा रहेको अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सचेत रहन चेतावनी जारी गरेको छ ।

आक्रमणको कारण थाहा हुन सकेको छैन । तर यसमा इस्लामिक स्टेट आतंकवादी संगठनको हात हुन सक्ने बताइएको छ ।

राष्ट्रिय सुरक्षा नियोगका अनुसार, साउदी प्रहरीले यही हप्ता आतंकवादी संगठन आईएसका केही अड्डामा छापा मारेर दुईजनाले मारेको अनि पााचजनालाई पक्राउ गरेको थियो । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।