‘बीग बोस’ मा सहभागी एक प्रतिस्पर्धीले दिए सलमान खान विरुद्ध प्रहरीमा उजुरी, यस्तो छ कारण…
एजेन्सी । बलिउड नायक सलमान खान रियालिटी टीभी शो ‘बीग बोस’मा सहभागी एक प्रतिस्पर्धीले प्रहरीमा उजुरी दिएका छन् । एक सातामै यो शोबाट बाहिरिएका जुबेर खानले सलमानको धम्कीका कारण आफू असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएको हो ।

जुबेरले शोमा सहभागी भएको दिनदेखि नै अन्य प्रतिस्पर्धीसँग अभद्र व्यवहार गरेको, महिला सहभागीसँग असभ्य भाषा बोलेपछि शोका संचालक सलमान खान उनीविरुद्ध खनिएका थिए । उनले, शनिबार प्रशारित शोमा जुबेरलाइ निकै थर्काएका थिए । सलमानकै कारण जुबेर शोबाट बाहिरिएका हुन् ।
शोबाट बाहिरिए लगतै जुबेरले सलमानसँग बदला लिने सोचेका छन् । उनले दर्ता गरेको एफआइआरमा लेखिएको छ, ‘मलाइ सलमानले कुकुर बनाउँछु भनेका छन् । बाहिर निस्किएपछि आफूलाइ नछोड्ने भन्दै धम्की पनि दिएका छन् । साथै, बलिउडमा काम नै गर्न नदिने धम्की समेत दिएका छन् ।’
जुबेरले सलमानका कारण आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै प्रहरी गुहारेका हुन् । नयाँपेज ।


