अमेरिकामा अर्को तहल्का !, अर्का पूर्व राष्ट्रपति माथि यौन उत्पीडनको आरोप
अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुश सीनियरले आफूमाथि यौन उत्पीडनको आरोप लागेपछि माफी मागेका छन्। अभिनेत्री हीथर लिंडले ९३ वर्षीय पूर्व राष्ट्रपति जर्ज बुस सीनियरले आफ्नो व्हील चियरमा बसेर आफूलाई नराम्रो दृष्टिकोणले छोएर फोटो खिचेपछि ‘फोहोरी मजाक’ गरेको बताएन्।

हीथरले जर्ज बुश सीनियरमाथि यो आरोप सामाजिक संजालमार्फत लगाएकी थिइन्। यद्यपी पछि उनले यो पोस्ट डिलीट गरेकी छन्। आफूमाथि उक्त आरोप लागेपछि जर्ज बुश सीयिरका एक प्रवक्ताले भनेका छन्, ‘राष्ट्रपति बुश कुनै पनि बहानामा जानी जानी कसैलाई दुख दिनु हुन्न, यदि हाँसी मजाक गर्दा कसैलाई कुनै दुख पुगेको भए उहाँ त्यसलाई गम्भीरतापूर्वक दिँदै माफी माग्नु हुन्छ।’
जर्ज बुश सीनियर १९८९ देखि १९९३ सम्म अमेरिकाका राष्ट्रपति भएका थिए। उनका छोरा जर्ज डब्ल्यू बुश पनि २००१ देखि २००९ सम्म अमेरिकी राष्ट्रपति भएका थिए। जर्ज बुश सीनियर पार्किसनको विरामीबाट पीडित छन्। यौन उत्पीडनको कथित घटना एक टेलिभिजन शोकालागि भएको कार्यक्रमका क्रममा भएको थियो, जहाँ हीथल लिंड पनि उपस्थित थिइन्। बीबीसी ।


