गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु

गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर । प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको झडपमा ३० बर्षीय महम्मद अल मर्सीको मृत्यु भएको बताएको छ । घटनामा २०० जनाभन्दा बढी घाइते भएको आन्दोलनकारी समूहको दावी छ ।

इजरायली सेनाले सीमानामा प्रदर्शन गर्ने दुई व्यक्तिलाई गोली हानेको स्वीकार गरेको छ । सेनाले सिमानामा हिंसात्मक गतिविधिलाई उत्तेजित पार्ने उनीहरूलाई गोली लागेको बताएको छ । सेनाले गोली लागि मृत्यु नै भएको थियो वा घाइते मात्र भएको भन्नेबारे प्रष्ट पारेको छैन ।

विहीबार हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि ‘इन्तिफादा’ अर्थात् कडा आन्दोलन को घोषणा गर्नुभएको थियो । उहाँले आगामी दिन आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि उत्रिनुपर्ने अवस्थाको सिर्जना हुनेसमेत बताउनुभएको थियो ।

इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।

अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् । रासस÷एएफ्पी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।