सन्नी लियोनीको कार्यक्रम नरोके सामूहिक आत्मदाह गर्ने चेतावनी !
एजेन्सी । पूर्व पोर्नस्टारको सन्नी लियोनीको निर्धारित कार्यक्रम रोक्नु पर्ने मागसहित भारतको बैंगोलरमा सामूहिक आत्मदाहको चेतावी दिइएको छ ।

यही डिसेम्बर ३१ मा बैंगोलरमा सन्नी सहभागी हुने ‘न्यू इयर इभ’ कार्यक्रम रोक्नुपर्ने मागसहित प्रदर्शन हुन थालेको छ । उनको विशेष प्रस्तुति रहने भनिएको सो कार्यक्रम रद्द गर्नुपर्ने भन्दै विरोधमा उत्रिएको प्रो कन्नड ग्रुप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ ले १५ वटा जिल्लामा विरोध प्रदर्शन गरिरहेको छ ।
उसले सडकमा प्रदर्शन तथा नारावाजीसहित सन्नीको पोष्टर जलाउने काम गरेको छ । यदी सन्नीको कार्यक्रम नरोके सेनाका सदस्यहरुले सामूहिक आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
पूर्व पोर्नस्टार भएपनि हाल बलिउडमा रहेकी सन्नीले अभिनय गरेको एउटा कन्डम सम्बन्धि विज्ञापन पनि विवादमा परेको थियो ।


