सलमान र शिल्पा तनावमा फसे, ७ दिन भित्र जवाफको माग

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री शिल्पा शेट्टी एक कानुनी चेपुवामा फसेका छन् । सलमान र शिल्पाविरुद्ध नेशनल टि.भि.मा आपत्तीजनक कमेन्ट गरेका भन्दै वाल्मिकी समाजले गुनासो दर्ता गराएको हो ।

यस मुद्धामा ‘नेशनल कमिशन फर शेड्युअल ट्राइभ’ले सुचना जारी गर्दै सुचना तथा प्रशासन मन्त्रालय र दिल्ली-मुम्बई प्रहरी कमिसर्स’ मार्फत ७ दिन भित्र जवाफ मागेको छ ।

वाल्मिकी समाजका अनुसार सलमान र शिल्पाले पब्लिकल्ली गलत शब्दको प्रयोग गरेर समाजको भावनामा ठेस पु¥याएका छन् । यसै मुद्धालाई लिएर वाल्मिकी समाजले मुद्धा दर्ता गरेर उनिहरुलाई सक्त कार्वाही गर्न माग गरेका छन् ।

अभिनेता सलमान खान भने आफ्नो फिल्म ‘टाइगर जिन्दा है’को प्रोमोशनको दौरानमा आफ्नो डान्स स्टाइल कथित जातीवादको रुपमा प्रस्तुत गरेका थिए ।
सलमान खानको यसै भिडियो अहिले सोसल मिडियाहरुमा निकै भाईरल बनिसकेको छ । जसको कारण अहिले उनी आलोचित बन्नुका साथै कानुनमने चेपुवामा फसेका हुन् ।

अर्कोतर्फ अभिनेत्री शिल्पाले मिडियासँग कुराकानी गर्दा खास तरिकाको ड्रेसअप गर्ने बताएकी थिईन् । शिल्पाको यसै सानोतिनो कुरालाई लिएर वाल्मिकी समाज एक्शन कमिटी दिल्लीले गुनासो दर्ता गरेको हो । अहिले यो समाजले अगरामा अभिनेता खानको फिल्मको खुलेरै बिरोध पनि गरिरहेका छ । सरद राई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।