पाकिस्तानी सीमा क्षेत्र पार गरी भारतीय सेनाद्वारा आक्रमण

नयाँदिल्ली । भारतीय सेनाले पाकिस्तानी सीमा क्षेत्र पार गरी आक्रमण गरेको दाबी गरेको छ । केही दिनअघि पाकिस्तानी सेनाको फायरिङमा आफ्ना सैनिक मारिएपछि यस्तो आक्रमण गरिएको बताइएको छ ।

आफ्ना १० जवानले जम्मु कश्मीरको पुन्छ क्षेत्रमा नियन्त्रण रेखा पार गरी गरेको कारबाहीमा तीनजना सैनिक मारिएको भारतीय सेनाले दाबी गरेको छ । गत शनिवार कश्मीरको रजौरी क्षेत्रमा पाक बोर्डर एक्शन टिमले गरेको फायरिङमा भारतीय सेनाका मेजरसहित तीन जवानको मृत्यु भएको थियो ।

त्यसकै बदला लिन यस्तो आक्रमण गरिएको भारतीय सैन्य सूत्रले जानकारी दिएको छ । यो स्थानीय तहको सामरिक अपरेशन थियो । त्यसको नेतृत्व स्थानीय तहमै भएको बताइएको छ । यो सर्जिकल स्ट्राइक नभएको भारतको कथन छ । यसमा सीधै विशिष्ट पाकिस्तानी सेनाको चौकीलाई निशाना बनाइएको थियो । उक्त अपरेशनमा भारततर्फ कुनै क्षति भएको छैन । सेनाले यो कारबाहीको विस्तृत विवरण सार्वजनिक गरेको छैन । शनिवार पाक सेनाले नियन्त्रण रेखाभन्दा ४ सय मिटर भित्र पसेर आक्रमण गरेको थियो ।

यसैगरी भारत प्रशासित कश्मीरमा अर्ध सैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा मंगलबार एका वरिष्ठ आतंककारीको मृत्यु भएको छ । भारत प्रशासित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा दोहोरो गोली हानाहान भएको थियो ।

पुल्वाना जिल्लामा गस्तीमा खटिएको भारतीय अर्ध सैन्य बलको कारबाहीमा परी लस्कर ए तोएबाको वरिष्ठ कमान्डर जैस इ मोहमद मारिएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विशेष गुप्तचरको सूचनाअनुसार कारबाही शुरु गरिएको थियो । ती कमान्डरले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको दाबी गरिएको छ । स्थानीय प्रहरीका अनुसार कारबाहीका क्रममा एकजना प्रहरी पनि घाइते भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।