डोनाल्ड ट्रम्पले पाकिस्तानलाई झुट र धोका मात्रै दिइरहेको भनेपछि…

इस्लामावाद । पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

ट्रम्पको यस्तो वयानपछि पाकिस्तानी सरकारले कडा विरोध जनाएको छ। पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफ भनेका छन्– ‘हामी चाँडै नै राष्ट्रपति ट्रम्पलाई जवाफ दिनेछौं। हामी दुनियाँलाई सत्य कुरा बताउनेछौं। तथ्य र काल्पिनिकबीचको फरक बताउनेछौं।’ लगत्तै इस्लामावादमा रहेका अमेरिकी राजदूत डेविड हलेलाई बोलाएर पाकिस्तान विदेश मन्त्रालयले ट्रम्पको ट्वीटको विरोध जनाएको छ।

यस्तै, पाकिस्तानी नागरिक पनि ट्रम्पको विरोधमा उत्रिएका छन्। अफगानिस्तानमा आफ्नो सैनिक फौज उतार्दासमेत अमेरिका असफल भएको र कमजोर देशलाई मात्रै दोषी देख्ने गरेको भन्दै पाकिस्तान आतंकवादीविरुद्ध लड्न सक्षम रहेको सन्देशसहित सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखिरहेका छन्।

ट्रम्पको विवादित ट्वीटपछि पाकिस्तानी प्रधानमन्त्री शाहिद खान अब्बासीले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्। एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।