दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

संयुक्त राष्ट्रसंघ, २० पुस : उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातभएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गर्नुभएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ ।

सो सेवाको सरुवात गरेपछि दक्षिण कोरियाले बुधबार स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे गरेको फोन उत्तर कोरियाले उठाएको (रिसिभ गरेको) थियो ।

दुई कोरियाबीच हुने वार्ता आगामी दिनमा सकारात्मक हुने गुथ्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उत्तर कोरियाली नेता उनले दक्षिण कोरियाद्वारा प्रस्ताव गरिएको ग्रीश्मकालीन ओलम्पिक खेलकूदमा सहभागिता जनाउने भनी गरेको सम्बोधनको दक्षिण कोरियाले स्वागत गरेको थियो ।

सोही कारणले पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । यस अघि नै दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको थियो ।

महासचिव गुथ्रेसका प्रवक्ता फरहान हकले भन्नुभएको छ– यी दुई देशको वार्ता सुरु भएको कुरा अत्यन्तै सकारात्मक छ र यसले आगामी दिनमा राम्रो परिणाम दिने अपेक्षा पनि गरिएको छ ।

नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गर्नुभएको थियो ।

दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गर्नुभएको हो ।

त्यसैगरी नेता किमले गर्नुभएको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ ।

दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको भन्दै सो वार्तामा हामी सहभागी हुने कुरा उत्तर कोरियाले बताएपछि यी दुई देशको सम्बन्धमा सकारात्मक विकास भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिनुभएको थियो ।

त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो ।

सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिनुभएको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।