दीपिकाको जन्मदिनमा रणवीरसँग ईन्गेजमेन्ट !

मुम्बई । बलिउडकी चर्चामा रहेकी नायिका दीपिका पादुकोणलाई लिएर यतीखेर दुई कुराले चर्चामा पुर्याएको छ । नयाँ वर्ष २०१८ को पूर्वसन्ध्यामा उनको मूख्य अभिनिय रहेको र विवादमा रहेको फिल्म ‘पद्मावती’लाई भारतीय फिल्म सेन्सर बोर्डले अन्ततः पास सर्टिफिकेट दिएको छ भने त्यस्तै अर्को उनको आउँदै गरेको जन्मदिनमा रणवीरसँग ईन्गेजमेन्ट गरीन लागीएको हल्लाले बलीउडमा चर्चा कमाएको छ ।

लामो समयदेखि प्रेमी अभिनेता रणवीर सिंहसँग रोमान्स गरिरहेकी दीपिकाले हालै मात्र श्रीलंकामा रणवीरसँग नयाँवर्ष मनाइन् । जनवरी ५ मा आउन लागेको आफ्नो जन्मदिन पनि दीपिका श्रीलंकामा नै मनाउने मुडमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका र रणवीरको परिवार पनि इन्गेजमेन्ट र विवाहको योजना गर्दै यसको तयारीमा छन् ।रणवीर श्रीलंका एक विज्ञापनको सुटिङका लागि गएका थिए । यही मौकालाई सदुपयोग गर्दै प्रेमी भेटेर नयाँवर्ष मनाउन पनि दीपिका उतै उडेकी थिइन् ।

रणवीरले केही समयअघि मात्र दीपिकाको परीवारसँग भेटेका थिए । बलिउडमा लभ बर्डको रुपमा हेरीएको यो जोडीले अहिलेसम्म आधिकारिक रूपमा संचारमाध्यममा भने आफ्नो प्रेम स्वीकारेको छैन । तर, पनि यो जोडी विभिन्न कार्यक्रममा सँगसँगै देखिँदै आएको छ ।

हालै मात्र एक अन्तर्वातामा दीपिकाले रणवीरसँगको सम्बन्धलाई लिएर आफूहरूको सम्बन्धमा तेस्रो पक्षको आवश्यकता नरहने बताएकी थिइन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।