चीनमा १ लाख ५९ हजार भन्दा बढीलाई भ्रष्टाचारको कारबाही

बेइजिङ । चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ।

उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ।

उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए।

हालै प्रकाशित एक सर्वेक्षणले ९३.९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ। यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।