प्रतिबन्धका बाबजुद उत्तर कोरियाले एक महिना अघि नै पूरा गर्यो ‘स्की’ रिसोर्ट !

काठमाडौं । उत्तर कोरियाले हिउँमा खेलिने ‘स्की’ का लागि निर्माण गरिरहेको रिसोर्ट सम्पन्न भएको जानकारी गराएको छ । उत्तर कोरियाको रुङयोङ समाचार एजेन्सीले बताएअनुसार उनीहरुले कोरियाकै शैली अपनाएर तोकिएको मिति भन्दा पहिले नै कार्य सम्पन्न गरेको घोषणा गरेका हुन् ।

यसरी समय अवधि अघि नै कार्य सम्पन्न गरेकामा आफ्ना मानिसहरुप्रति गर्व गर्दै युवा जनशक्तिको क्षमता प्रदर्शन गरेर उत्तर कोरियाले यो खबर सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

गत जुलाई महिनादेखि नेता किमको निर्देशनमा थालिएको निर्माण कार्य प्रतिबन्धका कारण बीचमा एकपटक रोकिएको थियो । स्वीट्जरल्यान्डबाट आवश्यक सामग्री आयात गर्न नसक्दा उत्तर कोरियाले त्यसबेला धेरै आक्रोश व्यक्त गरेको थियो ।

तरपनि आफ्नै घरेलु स्रोतसाधन र शैली प्रयोग गरेर निर्माण सम्पन्न गरि उत्तर कोरियाले विश्वलाई प्रतिबन्धका बाबजुद आफूहरु सक्षम भएको पुष्टि गरेको बताइएको छ ।

कसैको सहायता नलिई आफ्नै बल र टेक्निक लगाएर हिउँ नपर्दापनि आफैँ हिउँ उत्पन्न गराउन सक्ने प्रविधिले उक्त रिसोर्ट एक महिना अघि नै पूरा गरेको उत्तर कोरियाले दाबी गरेको छ । दक्षिण कोरियामा हुने ओलम्पिक्स खेलमा उत्तर कोरियाले सहभागी जनाउने भनिएपछि यो खबर पनि सँगसँगै बाहिर आएको बीबीसीले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।