अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागी, दुई जना घाइते

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नी नियन्त्रण विभागले जनाएको छ। आगो निभाउने क्रममा दुई जना सामान्य घाइते भएका विभागले बताएको छ।

स्थानीय समय अनुसार बिहान ७ बजे भवनमा तैनाद गुप्तचर सेवाका सदस्यले न्यूयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्नी नियन्त्रण विभागमा जानकारी गराइएको र अग्नी नियन्त्रण अधिकारीले तत्काल सेवा प्रवाह गरेका म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले आगलागी नियन्त्रण गरिएपछि गर्नुभएको पत्रकार सम्मेलनमा बताए।

न्यूयोर्कको फिफ्थ एभेन्युमा रहेको उक्त भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन जानुपूर्व ट्रम्प र उनको परिवारका अन्य सदस्य बस्दै आएका थिए। टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टनमा नै थिए।

विभागले तत्कालै अग्नी नियन्त्रणका लागि एक समूह पठाई एकघण्टा भित्रमा नै आगो नियन्त्रणमा लिएको थियो भने आगलागी भएको तलालाई वातानुकुलित बनाएको जनाएको छ। घटनामा एक अग्नी नियन्त्रकसहित एक इन्जिनियर सामान्य घाइते भएको बताइएको छ।

‘ट्रम्प अर्गनाइजेसन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्वीटरमा लेखेका छन्, ‘भवनको माथिल्लो तलामा रहेको ‘कुलिङ टावर’मा सानो विद्युतीय समस्या आएको तर अग्नी नियन्त्रण अधिकारीले आगलागी भएको केही मिनेटभित्र पुगेर यसलाई नियन्त्रण लिएका थिए ।’ उनले अग्नी नियन्त्रकलाई समयमै पुगी भवनमा थप क्षति हुनबाट जोगाएको भन्दै प्रशंसा गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।