१ हप्तादेखि पूर्वी चीन समुद्रमा ‘पानीजहाज जल्दै’

काठमाडौं, पुस २९ । चीनको पूर्वी समुद्रमा गतहप्ता भएको पानीजहाज दुर्घटनापछि जलेको तेल ट्यांकर अझै पनि जलिरहेको छ ।

उद्धारकर्ताहरुले पानी जहाजका चालक दलका दुई सदस्यको शव र ‘ब्ल्याक बक्सको रेकर्डिङ यूनिट’ फेला पारेका छन् । तेल बोकेको पानी जहाज र कार्गो पानी जहाज आपसमा ठोक्किएपछि चुहिरहेको तेल र आगो अझै नियन्त्रण गर्न नसकिएको हो ।

सान्ची नाम गरेको उक्त पानीजहाजले १० लाख ब्यारल तेलको विषालु र विस्फोटकस्वरुप कन्डेन्सेट बोकेको थियो ।

३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्य मध्ये अहिलेसम्म तीनजनाको शवमात्र फेला परेको छ । अर्को सामान बोकेको पानीजहाजबाट २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ । उद्धारमा इरानी कमान्डो पनि संलग्न रहेका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्यांकर इरानतर्फ जाँदै थियो । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।