करुवा प्रविधीबाट खोला थुनेर माछापालन : कृषक भन्छन,- फाईदै-फाईदा छ, यो ब्यबसायलाई सबैले मिलेर अघि बढाऔं (भिडियो सहित)

धनकुटा खबर । भेडेटार गाविस वडा नं. ४ का स्थानीय देव इवाहाङले लेउती खोलाको बगरमा व्यवसायिक माछा पालन गरी वगरलाई उर्वर भूमी बनाएका छन् । उनले करिव ३४ रोपनी वगरको ६ रोपनीमा चार वटा पोखरी निर्माण गरि माछा पालन गरेका छन् ।

२०४० साल भन्दा अघि धान खेती गर्दै आइरहेको उक्त खेतमा वाढी पसेपछि उब्जाउ भूमी बगरमा परिणत भएको थियो ।

व्यवसायिक माछा पालनमा २३ लाख ५० हजार रुपैया लगानी गरेका छन् । माछापुच्छ्रे बैंकबाट १३ लाख ५० हजार रुपैया ऋण लिएको उनले बताए ।

खोलाको वाढी माछा पोखरीमा पस्न नदिन इवाहाङले लेउती खोलाको किनारमा ठूला ढुंगाहरुमा फलामे रडकको हुक लगाएका छन् । खोलाको वाढी छेक्न अपनाएको यो नौलो उपाय हो । बर्खाको सिजनमा खोलामा वाढीको भेल आउँदा पनि पोखरीमा पस्न नसकेको उनले बताए । फलामे रडको हुक लगाउन १३ लाख रुपैया खर्चेको उनको भनाई छ ।

खोलाको वगरमा व्यवसायिक माछा गरिरहेका अन्य किसानलाई सो उपाय अपनाउन उनको सुझाव छ । गत बर्ष प्रति केजी ३ सयका दरले ७ क्वीटन बेचेर २ लाख १० आम्दानी गरेका ईवाहाङ्गले यो बर्ष १४ क्वीनटन बिक्री लक्ष राखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।