अफगानिस्तानको सेनालाई सघाउन थप ७०० अमेरिकी सेना आउने

काबुल, २९ पुस । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ ।

आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “हजारौँको सङ्ख्यामा अफगानिस्तान आएको अमेरिकी सेनाले पनि आफ्नो समूहमाथि विजय हाँसिल गर्न सक्दैन भने थप ७०० जना पठाउने निर्णयबाट तालिवान तर्सिदैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियामा आतङ्कवाद विरुद्ध लड्ने नयाँ प्रशासनिक रणनीति बनाउँदै थप सेनालाई अफगानिस्तान पठाउने निर्णय लिएको हो । ट्रम्पको नयाँ रणनीति तालिवानलाई यहाँको राष्ट्रिय राजनीतिमा आउन दवाव दिने उद्देश्यबाट ल्याइएको बताउने गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।