भारतको धम्कीबाट नडराउने भन्दै पाकिस्तानले दियो भारतलाई यस्तो चेतावनी…

एजेन्सी । पाकिस्तानले भारतलाई सैन्य कारबाहीको धम्की नदिन चेतावनी दिएको छ । भारतीय सेनाध्यक्ष विपिन रावतले पाकिस्तानभित्र पसेर आक्रमण गर्न पनि पछि नपर्ने प्रतिक्रिया दिएपछि पाकिस्तानले भारतलाई सैन्य कारवाहीको धम्की नदिन चेतावनी दिएको हो ।

सरकारले आदेश दिएमा पाकिस्तानी सीमा भित्रै पसेर आक्रमण गर्न भारतीय सेना तयार रहेको रावतको भनाई छ । पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै भारतीय सेनाध्यक्षको भनाईको आलोचना गरेका छन् ।

उनले भारतीय सेनाध्यक्षले गैर जिम्मेवार पूर्ण बयान दिएको र यस बयान परमाणु आक्रमणलाई निमन्त्रणा गर्नुसरह भएको भनि ट्वीट गरेका छन् । यदि भारतले त्यही चाहेको हो भने पाकिस्तान तयार रहेको जनाएका छन् ।

त्यसैगरी जवाफमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानको सरकारी टेलिभिजनसँग कुरा गर्दै भारतले के गर्छ भन्ने कुरा उसैमा भर पर्छ, तर भारतले पाकिस्तानको धैर्यको परीक्षा लिन चाहेको हो भने भारतले चाहेको गर्दा हुने तर त्यसको परिणामका लागि भारत तयार रहनुपर्ने प्रतिक्रिया दिएका छन् । गफुरले भारतको धम्कीबाट पाकिस्तान नडराउने प्रष्ट पारे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।