बेलहारास्थित ग्रामिण सडक निर्माणमा ढिलाई, वडाध्यक्ष भन्छन- मेसिननै पाईएन

धनकुटा खबर । बेलहाराको च्याङ्ग–च्याङ्गबारी बाघखोर सडक स्तरउन्नतीमा ढिलाई भएको छ ।

कोशी राजमार्गबाट बेलहारा सम्मको करिव ७ किलोमिटर मिटर उक्त ग्रामिण सडक कार्तिकबाट शुरु भई पौष मसान्त सम्ममा कार्य सम्पन्न हुनुपर्ने सम्झौता रहेको छ ।

तर काम गर्ने बिभिन्न साधन तथा मेसिन नपाएकोले भर्खर मात्र काम शुरु भएको धनपा ९ बेलहाराका वडा अध्यक्ष सन्दिप रायमाझीले जानकारी दिनुभयो ।

उक्त सडक निर्माण पछि बेलहाराका १ सय ५० घर भन्दा बढी लाभाम्बित हुने अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिकाको २२ लाख ५० हजार र श्रमदान गरी २५लाख ५५ हजार ७ सय ६० रुपैंयाको लागतमा सम्पन्न हुनलागेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।