इराकमा दुई वटा आत्मघाती आक्रमण, २६ को मृत्यु

बग्दाद, १ माघ । इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो ।

पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गर्नु भएको छ । मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए ।

सिन्ह्वा समाचार समितिका अनुसार भने मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्ने पनि प्रहरीको अनुमान रहेको छ । रासस -एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।