धनकुटामा मकर स्नानका साथै मेला, बिश्रान्ति मन्दिर आश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफुल र खाधान्न बितरण (फोटो फिचर सहित)

धनकुटा खबर । माघे संक्रान्तिको अबसरमा धनकुटामा मकर स्नानका साथै बिभिन्न स्थानहरुमा सोहि अबसर पारेर मेला लागेको छ ।

तमोर नदिको किनार मुलघाट स्थित बिश्रान्ति मन्दिरको बगलमा र लेगुवाको राम बजार स्थित अरुण नदी किनारमा मकर स्नान गर्न बिभिन्न स्थानबाट आउनेहरुको भिड लागेको छ भने धनकुटाको बाघे खोला स्थित धर्मगंगा, भीरगाउँको मधुगंगा, र लेगुवाको राम बजारमा र चौबिसे गाउँपालिका–५ स्थित हंसमोरङ त्रिवेणीमा पनि सोहि अबसरमा मेला समेत लाग्ने गरेको स्थानियबासी पण्डित नारायण प्रसाद भण्डारीले बताउनु भयो ।

उक्त नदिहरुमा स्नान गर्न आउनेहरुको बिहानैदेखि घुईचो लागेको थियो भने आउनेहरुको क्रम घामलागिसकेपछि १२ बजे सम्म पनि जारि नै रहेको छ ।

मकर संक्रान्तिको अबसरमा बिश्रान्ति मन्दिरको आश्रममा बस्नु भएका ज्येष्ठ नागरिकहरुलाई धनकुटा, धरान, बिराटनगर, झापा, गोरखा, काडमाण्डौ लगाएतका भक्तजनहरुले फलफुलका साथै अन्य खाधान्नहरु तिलको लड्डु,तरुल, बिस्कुट, दुध, चिनि समेत बितरण गरिएको थियो ।

नदीमा स्नान गरेर विश्रान्ति मन्दिरमा पूजा गर्ने चलन रहेको र बिभिन्न अबसर पारेर बिश्रान्ति मन्दिरको आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई बिभिन्न संघसंस्था एवम ब्याक्तिगत दाताहरुले खाना खुवाउदै आउनु भएको विश्रान्ति मन्दिर व्यवस्थापनमा सहयोग गर्दै आउनु भएकी कमला दिदीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।