पपुवा न्यूगिनीमा फेरि शक्तिशाली ज्वालामुखी विस्फोट, ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केपछि स्थानियलाई सुरक्षित स्थलतर्फ लगियो

पपुवा न्युगिनी, १ माघ । कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ ।

वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ ।

यहाँको ज्वालामुखी लामो समयसम्म शान्त रहेको बताइएको थियो । तर आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि यहाँका टापूहरुबाट करिब १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

रेड क्रसले जनाएअनुसार उक्त ज्वालामुखी यहाँको कादोभार टापूबाटा निस्किएको हो । गएको करिब एक सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेको थियो । तर आइतबार विस्फोट नै भएको छ ।

अहिले पनि ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएको छ । त्यसैले यहाँ रहेका बासिन्दालाई अन्यत्र सारिएको छ भने अझै वरपरका कैयाँ नागरिकलाई पनि प्रमुख द्वीपतर्फ लैजानुपर्ने भएको अधिकारीहरुले जनाएका छन् । रासस-सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।