के तपाईले यस्तो खेल कहिल्यै खेल्नुभएको छ ? – हेर्नुहोस् जितपुरमा रमाई-रमाई खेलिएको खेल
धनकुटा खबर । माघे संक्रान्तिको अबसर पारेर नेपाल मगर संघ जिल्ला समिति धनकुटाले धनकुटाको जीतपुरमा मगर समुदायको मौलिक साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरेको छ । माघे सक्रान्तिको अबसर पारेर जितपुर नगरपालिकाको जितपुर बजारमा ८ दिन सम्म चल्ने उक्त माघी मेला कार्यक्रमको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल मगर संघ जिल्ला समिति धनकुटाको अध्यक्ष जे.वि.घले मगरको अध्यक्षतमा सम्पन्न उक्त नृत्य प्रतियोगितामा सहभागीले मगर संस्कृतिमा आधार मौलिक नृत्यसंगै मयुर नाच समेत प्रश्तुत् गरेका थिए । सो अवसरमा चर्चित दोहोरिगायक प्रसाद खप्तरी मगर, चर्चित लोकगायिका सञ्जु थापा मगरले दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएको थिए । बिभिन्न खेल तथा मनोरन्जन संगै सम्पन हुने उक्त माघी मेलाको समापन संगै नृत्य तथा खेलका अन्य बिधाका बिजयीहरुलाई पुरस्कृत गरिने मेला तथा नृत्य आयोजक समितिले जानकारी दिएको छ ।


