आफ्नो ठाउँको विकास आफै गरौं : मेयर पर्शुराम (भिडियो सहित)
सवै जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्न महालक्ष्मी नगरपालिका तयार
धनकुटा खबर । माघे संक्रान्तिको अबसर पारेर नेपाल मगर संघ जिल्ला समिति धनकुटाले धनकुटाको जीतपुरमा मगर समुदायको मौलिक साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरेको छ । उक्त कार्यक्रम ८ दिन सम्म चल्ने छ । “मगर समुदायको भाषा, धर्म, संस्कार र इतिहाँसमा साझा पहिचान, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा हाम्रो अभियान” भन्ने मुलनाराको साथ आयोजना गरिएको उक्त कार्यक्रममा नृत्य प्रतियोगितामा धनकुटा जिल्लाका ९ वटा समुहले भाग लिएका थिए । सो कार्यक्रमको उद्घाटन धनकुटा जिल्लाका प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले गरेका थिए । सो अवसरमा महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले आफ्नो ठाउँको विकास गर्न आफै लागी पर्न नगरवासीलाई आग्रह गरेका छन् । उनले नगरको विकासको लागी जतिसुकै मुल्य चुकाएर भए पनि नगरपालिका सहयोग गर्न तयार रहेको वताए । सवै जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्न नगरपालिका तयार रहेको नगरप्रमुखको भनाई छ – हेर्नुहोस् भिडियो


