राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ, धनकुटालाई राजधानी नतोके सम्म आन्दोलन जारी रहने (भिडियो सहित)
धनकुटा खबर । गएको ३२ दिन देखि धनकुटालाई प्रदेश नं. १ लाई राजधानी बनाउने अभियानका क्रममा धनकुटाबासीले सोमबार क्षेत्रीय प्रशासन कार्यालयमा घेराउ गरी धर्ना दिएका छन् ।
सरकारले प्रदेशहरुको अस्थाई राजधानी तोक्ने तयारी गरिरहंदा धनकुटाबासीहरु आन्दोलनमा उत्रिएका हुन् ।
धनकुटाको मदन चौकबाट शुरुभएको बिरोध ¥याली क्षेत्रीय प्रशासनमा पुगेर कोण–सभामा परिणत भएर क्षेक्षिय प्रशासक बिरुद्ध नाराबाजी गरिएको थियो ।
उक्त कोणसलाई प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राई,प्रदेश ‘क’ र ‘ख’ का सभासदद्वय निरन राई र ईन्द्रमणी पराजुली,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, बिभिन्न नगरपालिका तथा गाउँपालिकाका मेयर,उप–मेयर,अध्यक्ष तथा उपाध्यक्षहरुले सम्बोधन गरेका थिए ।
कोणसभा पछि डेढ घण्टा सम्म आन्दोलनकारीहरुले प्रशासनको गेट अगाडी धर्ना दिएका थिए् ।
सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोके सम्म बिभिन्न आन्दोलन जारी रहने आन्दोलनका संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।


