मेक्सिकोमा भेटियो सामूहिक चिहान

मेक्सिको सिटी, ३ माघ । मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ ।

सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

“शुरुमा शनिबार एक ठाँउमा शवहरू भेटिएका हुन्, त्यहाँ नौ वटा शव थिए,” एक जना सरकारी अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई भने ।

उनका अनुसार शव भेटिएको ठाँउ ग्रामीण क्षेत्र पर्दछ, तर केरा लगाइएको ठाँउबाट धेरै टाढा छैन ।

त्यस बाहेक अन्य ठाँउमा पनि खोज्दै जाँदा ३२ वटा शव भेटिएको र त्यसलाई निकालिएको स्रोतले जनाएको छ ।

सामूहिक चिहानमा शव खोज्नेहरूले अहिले पनि घटनास्थलमा खोजी कार्य जारी राखेकाले अरू पनि भेटिनसक्ने अनुमान गरिएको छ ।

सामूहिक चिहान भेटिएका ठाँउहरूमा ठूलो अमानवीय हिंसा भएको थियो । अधिकारीहरूका अनुसार गत वर्ष त्यस ठाँउमा ११७ जना हराइरहेका थिए ।

मेक्सिकोमा सन् २००६ देखि भइरहेको हिंसामा परी अहिलेसम्म दुई लाख जनाको मृत्यु भएको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖