प्रादेशिक राजधानी माग सहितको आन्दोलनले धनकुटामा करिब ३० लाखको क्षती
धनकुटा खबर । प्रादेशिक राजधानीको माग सहितको आन्दोलनले धनकुटामा करिब ३० लाखको क्षति भएको छ ।
एक नम्वर प्रदेशको अस्थायी मुकामको माग गर्दै धनकुटामा ३३ औ दिन देखिको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीको दमन सहन नसकि आन्दोलनकारिहरुले आन्दोलनलाई परिबतन गरी क्षेत्रिय प्रशासन कार्यालयमा तोडफोड गरेका थिए ।

क्षेत्रिय प्रशासन कार्यालयमा सबै भन्दा बढि २० लाख जतिको क्षति भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
क्षेत्रिय प्रशासन कार्यालयमा क्षति भएका सामाग्रीहरुमध्ये कम्प्युटर ३ थान, पिन्टर १ थान, आईपि फोन २ थान, एसी २ थान, स्क्यानर १ थान, टेबल ४ थान, कुर्सि १२ थान, हेलो सरकारको कोठा पुर्ण रुपले आगो लागि जलेर ध्वस्त भएको र कार्यालयको झ्याल र ढोकाका साथै झ्यालका सिसा समेत फुटाएर बिसौं लाखको क्षति गरेको सुरक्षामा खटिएका प्रहरी सुजन श्रेष्ठले बताउनु भयो ।
क्षति भएको मध्ये क्षेत्रिय प्रशासन कार्यालय धनकुटाको २० लाखको, नगरपालिकाको दमकल र एबुलेन्सको गरी २ लाख जति, शहरिबिकासको ४ लाख जति, प्रहरिको गाडिको अनुमानित ७५ हजार, सरकारी कार्यालयहरुका फुटेका सिसाहरुको गरि जम्मा २९ लाख ७५ हजार जतिको क्षति भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले बताउनु भयो ।
क्षति यकिन गरिएतापनि सरकारले यो क्षतिपुर्ति कहिले गर्छ भन्ने कुरा भने यकिन नभएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।


