‘सी बिचारधारा’ अब चिनियाँ संविधानमै लेखिने

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीले सी जिनपिङ बिचारधारालाई चिनियाँ संविधानमा नै उल्लेख गर्न प्रस्ताव गरेको छ । कमिटीको शुक्रबार सकिएको बैठकले राष्ट्रपति सीको नयाँ युगका लागि चिनियाँ बिशेषतासहितको समाजावादलाई संविधानमै लेख्नका लागि प्रस्ताव गरेको हो ।

पार्टीको १९ औं राष्ट्रिय सम्मेलनले चीनलाई २१ औं शताब्दीको समृद्ध राष्ट्र बनाउने सोच चरणवद्व योजनाहरुलाई ‘सी थट’ का रुपमा संश्लेषण गरेको थियो । उक्त सम्मेलनले सीपीसीको बिधानमा पहिले नै सी बिचारधारा उल्लेख गरेको भएपनि संविधानमा भने उल्लेख गरेको थिएन ।

सी बिचारधारालाई संविधानमा उल्लेख गर्नका लागि संविधान संसोधनको प्रस्ताव समेत गरिएको छ । बैठकपछि जारी बिज्ञप्ती अनुसार, उपलब्धी, अनुभव र आवश्यकता सहितको प्रष्ट सोच भएको सी बिचारलाई संविधानमा लेख्नका लागि संविधान संसोधन गर्ने निर्णय भएको हो ।

अव हुने संसोधनले माक्र्सवाद–लेनिनवाद, माओ बिचारधारा, देङ सियाओपिङ सिद्वान्त, द थ्योरी अफ थ्री रिप्रिजेन्ट्स, द साइन्टिफिक आउटलुक अन डिभलपमेन्ट र सी जिनपिङ बिचारधारालाई पार्टी र देशका निर्देशक सिद्वान्तका रुपमा उल्लेख गरिने बिज्ञप्तीमा जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।