भारतका शत्रुलाई सीमापारी गएर मार्छौं : भारतीय गृहमन्त्री

काठमाडौं, ८ माघ । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतबिरुद्ध गलत व्यबहार गर्नेहरुलाई सीमापारी गएर भए पनि समाप्त पार्ने भन्दै त्यस्ता काम नगर्न छिमेकी राष्ट्रहरुलाई चेतावनी दिएका छन् ।

उत्तरप्रदेशको लखनउमा आइतबार भएको एक सार्वजनिक समारोहमा बोल्दै गृहमन्त्री सिंहले भारतका छिमेकी देशहरुलाई कडा चेतावनी दिएका हुन् । भारतले छिमेकीहरुसँग असल सम्बन्ध कायम राख्न चाहेको तर छिमेकीहरुले भने भारतबिरुद्ध गलत काम नरोकेको भन्दै उनले चर्को आक्रोश पोखेका हुन् ।

‘हामी हाम्रा छिमेकीसँग असल सम्बन्ध चाहान्छौं । तर उनीहरुले हामीबिरुद्धका गलत काम रोकेनन्÷रोक्दैनन् । हामीले विश्वलाई बलियो सन्देश दिएका छौं कि भारतले आफ्ना सत्रुहरुलाई भारतभित्र मात्र होइन, सीमापारी गएर पनि मार्न सक्छ’ सिंहले भारतीय रेलवे माल गोदाम श्रमिक संघको भेलामा भने । सिंह लखनउबाट लोकसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सिंहको सीमापारी गएर आफ्ना सत्रु मार्ने भनाई पाकिस्तान लक्षित हो तर उनले पाकिस्तानको नाम नलिई छिमेकी भन्ने शब्दावली प्रयोग गरेका छन् । त्यसभित्र भारतसँग सीमा जोडिएका नेपाल लगायतका सबै राष्ट्र पर्छन् ।

पाकिस्तानले निरन्तर भारतमाथि आक्रमण गरेर भारतीय सुरक्षाकर्मीको हत्या गरेको सन्दर्भ उल्लेख गर्दै उनले यस्तो आक्रोशपूर्ण अभिव्यक्ति दिएको देखिन्छ । उनले छिमेकमा भइरहेका भारतबिरोधी गतिबिधि नसहने बताएका हुन् ।

भाजपाका दुई पटक अध्यक्ष भएका सिंह उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् । मोदी मन्त्रिपरिषद्का बरिष्ठ मन्त्री सिंहले ३१ अगष्ट २०१५ मा नेपालसँग सीमा जोडिएका उत्तरप्रदेशको महाराजगन्ज जिल्लामा आयोजित कार्यक्रममा नेपालमा रहेका एक करोड भारतीयको सुरक्षाका लागि आफू चिन्तित भएको बताएका थिए । उनले उनीहरुको संरक्षण भारतले गर्ने समेत बताएका थिए ।

उनले मधेश आन्दोलन नेपालको आन्तरिक मामिला भएको तर त्यसका कारण नेपालमा रहेका एक करोड भारतीय नागरिकको असुरक्षा र चाहनाको संरक्षण र सम्बोधन गर्नु भारतको कर्तब्य भएको बताएका थिए । त्यसबेला सिंहको आलोचना भएको थियो । नेपालका एक करोड भारतीय भनेर के आधारमा कुन तथ्यांक प्रस्तुत गरेका थिए भन्दै प्रश्न उठेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।