चर्कियो भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त !, ४० हजार गाउँलेलाई सिमानाबाट हटाइयो

नयाँ दिल्ली । भारतीय र पाकिस्तानी सेनाबीच जम्मु कश्मिरस्थित सिमानामा भिडन्त चर्किएपछि ४० हजार गाउँलेलाई हटाइएको छ । आइतवार रातिदेखि सोमवार बिहानसम्म दुवै पक्षबाट लाइन अफ कन्ट्रोलमा गोलाबारी भएपछि त्यहाँबाट ४० हजार गाउँलेलाई हटाइएको हो ।

भारतीय सीमा सुरक्षा बललाई उधृत गर्दै प्रकाशित भएका समाचार अनुसार आइतवार रातिबाट भएको गोलाबारीमा मानवीय हताहत भने भएको छैन।

भिडन्त चर्किँदै गएपछि सिमानामा जोडिएका गाउँबाट ४० हजार गाउँलेलाई हटाइएको छ। उनीहरुलाई भारतीय सेनाले सेल्ट होम र अर्को गाउँमा सारेको हो । बिहीबारबाट भएको भिडन्तमा हालसम्म ५ भारतीय सेना, चार पाक सेना र ७ भारतीय सर्वसाधरणले ज्यान गुमाएका छन् ।

समाचार एजेन्सीका अुनसार जम्मू र राजौरी नजिकै आइतावर राति पाकिस्तानी र भारतीय सेनाबीच गोलाबारी भएको हो । आइतवार भएको गोलाबारीमा एकजनाको ज्यान गएको थियो । यो घटनामा दुईजना घाइते भएका छन् ।

आइतवार कानाचक क्षेत्रमा पनि दुई देशका सेनाबीच भिडन्त भएको छ। सिमानामा जारी तनाव र गोलाबारीका कारण जम्मु जिल्लामा कयौँ विद्यालय पनि बन्द भएका छन् ।

बीएसएफका एक अधिकारीले भनेका छन्, ‘परगल, माथ, आरएस पुरा, अर्निया र रामगढ इलाकामा भिडन्त भएको हो । यो सोमबार बिहान ६ बजेसम्म जारी रह्यो ।’

यसका अलावा भवानी, कराली, साद, नम्बु र शेर माकेरीमा पनि धेरै गोली चलेको थियो । बिहीबारबाट सुरु भएको भिडन्तका क्रममा जम्मा भारत र पाकिस्तानतर्फ १६ जना मारिइसकेका छन् । यिनमा पाँचजना भारतीय सेना र ४ जना पाकिस्तानी सेनाका जवान छन् ।

दुई देशबीच भिडन्त चलिहरेपछि करिब ४० हजार मानिसलाई सिमानाबाट हटाएर सुरक्षित स्थानमा सारिएको भारतीय सेनाले जानकारी दिएको छ ।

समाचार अनुसार बीएसएफ र भारतीय सेनासँगको भिडन्नतमा शुक्रबार पाकिस्तानका चार सैनिक (रेन्जर्स) मारिएका छन् । यसका अलावा सर्वसाधरण पनि मारिएका छन् तर उनीहरुको संख्या खुलेको छैन । – अन्नपूर्ण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।