अमेरिकाको ग्यास स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या (भिडियो सहित)

अमेरिका । अमेरिकाको ड्यालसको गारल्याण्डमा रहेको ग्यास स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या भएको छ । हत्या भएका व्यक्ति मनीष पाण्डे रहेको ड्यालस मर्निंग न्यूजले जनाएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यसमा कार्यरत ३५ वर्षीय पाण्डेको निधन भएको हो । उक्त ग्याँस स्टेशनका मालिक कृष्ण पन्त मृतकका मामा हुन् ।

गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लुले अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्ति पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा उनको हत्या भएको थियो । भिडियोमा देखिए अनुसार दुबै कालो वर्णका थिए । प्रतिरक्षा गर्ने क्रममा दुई लुटेराले गोली हानेर हत्या गरेको भिडियो देखिएको उक्त अनलाइनले जनाएको छ । सप्ताहन्त भएकोले राति १२ बजे स्टोर बन्द गर्ने गरिएको थियो । बन्द गर्नुभन्दा केही समय अघिमात्र उक्त घटना भएको हो ।

ग्यास स्टेसन तथा स्टोरहरुमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरूसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरूको सुझाव छ । ग्याँस स्टेसनमा कार्यरत मृतक नेपाली केही समय अघिमात्र नेपालबाट आएका थिए । ग्यास स्टेशनका मालिक र मृतकबीच पारिवारिक संबन्ध रहेको छ । ड्यालसमा प्रतिष्ठित व्यबसायीका रूपमा परिचित पाण्डेले उक्त ग्यास स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।

ग्यास स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । पछिल्लो समयमा ड्यालस र वरपर ग्याँस स्टोरमा लुटपाट बढ्दै गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।