पोर्नस्टार डानियलसँगको अनैतिक सम्बन्ध बाहिरिएपछि श्रीमतीले छोडिन ट्रम्पलाई !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पारिवारिक रूपमा एक्लिएका छन् ।

अमेरिकी पोर्नस्टार स्ट्रोमी डानियलसँग अनैतिक सम्बन्ध रहेको आरोपपछि ट्रम्पलाई उनकी श्रीमती मेलानिया ट्रम्पले छोडेर हिँडेकी हुन् ।

७१ वर्षका ट्रम्पको अमेरिकी पोर्नस्टार स्ट्रोमी डानियलसँग लसपस रहेको गतसाता खुलासा भएको थियो । जनवरी १२ मा उक्त खुलासा भएपछि पत्नी मेलानियाले श्रीमान् ट्रम्प र ह्वाइटहाउस छाडेकी हुन् ।

लामो समयदेखि स्ट्रोमी डानियलसँग चल्दै आएको विवाहभन्दा बाहिरको सम्बन्धले उनलाई उक्त कदम लिन बाध्य बनाएको एजेन्सीहरूले जनाएका छन् । उनी अहिले डीसी होटलमा बसेको ह्वाइटहाउस स्रोतले बताएको छ । संसारकै शक्तिशाली दम्पत्तिको जीवनमा यो कमजोरीले नराम्रो धब्बा लागेको छ ।

यसअघि पनि ट्रम्प र उनकी पत्नी मेलानियाबीच राम्रो सम्बन्ध नरहेको बताइएको छ । ट्रम्पको स्वीट्जरल्यान्डस्थित डाभोसको भ्रमणका क्रममा पत्नी मेलानिया उपस्थित थिइनन् । जब कि भ्रमणका क्रममा मेलानिया पनि हुने पक्कापक्की भएको थियो । अन्तिम क्षणमा विशेष कारण देखाएर उनी नगएकी हुन् ।

मेलायियाकी इष्टविङ कम्युनिकेसन डाइरेक्टर स्टेफनी ग्रीष्मले सीएनएनलाई मिसेस ट्रम्पको व्यस्तताले उनको डाभोसको भ्रमण रोकिएको जानकारी दिएकी थिइन् ।

तर, उनको त्यस्तो कुनै महत्वपूर्ण काम नरहेको सूचना बाहिरिएको थियो । स्टेफनी ग्रीष्मले ट्वीटरमा भने मेलानिया डीसी होटलमा बसेको कुरा सत्य नभएको लेखेकी छन् । – जनतापोष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।