भिसा लट्री बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा !

काठमाडौं, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बिश्वका बिभिन्न देशका नागरिकलाई उपलब्ध गराउँदै आएको भिसा लट्री बन्द गर्ने घोषणा गरेका छन् ।

अमेरिकी कंग्रेसको संयुक्त सदनलाई मंगलबार राती संवोधन गर्दै राष्ट्रपति ट्रम्पले आप्रबासीप्रति कडा नीति लिने घोषणा गरेका हुन् । ट्रम्पको संवोधन कंगे्रेसका डेमोक्रेटिक सांसदहरुले बहिष्कार गरेका थिए । आप्रबासी प्रणालीमा व्यापक नीतिगत परिवर्तन ल्याउने आफ्नो पूर्ववत घोषणा अनुसार नै त्यसको सुधारका लागि उनकै भाषामा चार आधारस्तम्भको घोषणा गरेका हुन् ।

त्यसमा पहिलो, १८ लाख गैरकानुनी आप्रबासीलाई नागरिकता दिने खालको शर्तसहितको संरचना । सानो हुँदा नै बाबुआमासँग अमेरिका पुगेका ‘युवा ड्रिमर’ लाई नागरिकता दिने उनले बताएका हुन । तर त्यसमा त्यसमध्ये अमेरिकी सरकारले तोकेको योग्यता र काम गर्ने क्षमता पुगेको र उच्च नैतिक चरित्र भएकोलाई नागरिकता दिइने उनको घोषणामा उल्लेख छ ।

दोश्रो, सिमालाई पूर्ण सुरक्षित गर्ने । त्यसमा दक्षिणमा पर्खाल बनाउने उनले दोहोर्याएका छन् । आंतककारी र अपराधीहरुलाई अमेरिकाभित्र छिर्न नदिने र पक्राउ गर्दै रिहा गर्ने खतरनाक अभ्यास समाप्त गर्ने उनको घोषणा छ ।

तेश्रोमा, भिसा लट्री बन्द गर्ने । ट्रम्पले कुनै क्षमता, योग्यता र अमेरिकी नागरिकको सुरक्षाबिना ‘ग्रिन कार्ड’ दिने कुरा रोक्ने बताएका हुन् । ‘अव हामी ‘मेरिट’ मा आधारित आप्रवासी प्रणालीमा जानुपर्छ । जो दक्ष छन, काम गर्न चाहान्छन, जो समाजलाई योगदान दिन सक्छन र जसले अमेरिकालाई मायाँ गर्छन र सम्मान गर्छन, उनीहरुलाई अमेरिका ल्याउनुपर्छ’ उनले भनेका छन् ।

चौथोमा, ‘चेन माइग्रेसन’ समाप्त पार्ने । एकजना आप्रवासीले आफ्ना टाढा टाढासम्म नाता पर्ने असिमिति मानिसलाई अमेरिका ल्याउने भएकाले अव त्यसलाई रोक्नुपर्ने उनले बताएका छन् । ‘अव नजिककका नातागोताबाहेक ल्याउन नपाउने व्यवस्था गर्नुपर्छ । यसले अमेरिकी सुरक्षा र अर्थतन्त्रलाई सवल बनाउँछ’ उनले भनेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।