उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो

सोल, १८ माघ । निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ ।

दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो ।

सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझैपनि प्राविधिकरुपमा युद्धमै छन् ।

तर यस खेलकूदका कारण भने अहिले उनीहरुबीच शान्ति सम्झौता नभए पनि आपसमा समझ्दारी बढिरहेको पाइएको छ ।

आगामी सोमबारबाट औपचारिकरुपमा शीतकालीन ओलम्पिक खेल सुरु हँुदैछ । त्यसका लागि आएका खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ ।

सोमबारबाट औपचारिकरुपमा खेलमा सहभागीको स्वागतको कार्यक्रमका लागि दक्षिण कोरियाली सैनिकलाई पनि परिचालन गरिने भएको बताइएको छ ।

बिहीबार उत्तर कोरियाको झण्डा फहराइएको उक्त विशेष कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता रहेको थियो । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।