शरणार्थी स्वदेश फर्किने वातावरण अझै भएन : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । लामो समयको गृहयुद्धका कारण देश छोडेर भागेका सिरियाली शरणार्थी घर फर्किन चाहेको भए पनि उनीहरु फर्किनसक्ने सुरक्षित वातावरण बन्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सिरियाली शरणार्थी अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशमा बसिरहेका र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका राष्ट्रसंघका एकजना अधिकारीले भनेका छन् ।

तर ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै नबनेको उनले जनाएका छन् । सिरियामै आन्तरिक रुपमा शरणार्थी भइरहेकाहरु पनि सुरक्षित वातावरण पाउन नसकेको उनको भनाई छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका अधिकारी स्कट क्रेगले भनेका छन्– गत वर्ष मात्र पनि केही शरणार्थी सिरिया फर्किएका थिए तर उनीहरु पनि हाल सुरक्षित रहन सकेका छैनन् ।

त्यही आधारमा नै अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार बनेको छैन भन्ने हाम्रो निष्कर्ष हो– उनले बताएका छन् । उनले यसका लागि सरकार र विपक्षीहरुले नै विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।

हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।

उता सिरियाको सरकारी फौजले त्यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरुका विरुद्ध हवाई आक्रमणहरू थालेपछि पछिल्लो समयमा विस्थापित हुनेहरुको सङ्ख्या झन बढेको छ ।

सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।

संयुक्त राष्ट्रसंघले जनाएअनुसार देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेकाहरु देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका छन् ।

युरोप हिँडेकाहरु भने स्वदेश फिर्ता

यसैबीच आप्रवासी शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१७ मा यूरोप तथा अमेरिक हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ ।

उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई हवाई मार्गमार्फत सम्बन्धित देशको राजधानीमा फिर्ता पठाइएको जनाएको हो ।

आइओएमले स्वयंसेवी विभाग ‘भोलुन्टरी रिटर्न प्रोग्राम’ नै राखेर यसरी गैरकानुनी रुपमा विदेश हिँडेका आप्रवासीलाई स्वदेश फर्काइएको जानकारी हालैमात्र एक विज्ञप्ति प्रकाशन गरेर दिएको थियो । रासस-सिन्ह्वा

Pakistan-Afghanistan-Refugee

Afghan refugee girls leave after their school at a refugee camp on the outskirts of Islamabad on February 1, 2018. Nearly 1.4 million Afghan refugees remain in Pakistan, according to UNHCR figures. Unofficial estimates suggest a further 700,000 undocumented refugees could be in the country. / AFP PHOTO / AAMIR QURESHI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।