अन्तर्वार्ता दिएकै कारण प्राध्यापक पक्राउ

बान्जुल, १८ माघ । गाम्बियाको प्रहरीले पत्रिकामा अन्तर्वार्ता दिएकै कारण विश्वविद्यालयका एक प्राध्यापकलाई पक्राउ गरेको छ ।

अन्तर्वार्तामा राष्ट्रिय सुरक्षाको विषयलाई लिएर राष्ट्रपतिको क्षमतामा प्रश्न उठाएकाले उहाँलाई रातभरी थुनामा राखिएको एएफपीले बिहीबार जनाएको छ ।

अभियन्ताहरूले उहाँलाई पक्राउ गरेर सरकारी पक्षले वाक स्वतन्त्रतामा क्षति पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नयाँ सरकारले मानवअधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका अधिकारप्रति पटक पटक प्रतिबद्धता जनाएको थियो । जबकी पूर्वशासक याह्या जाम्मेहले भने यी विषयमा निकै नियन्त्रण गर्नु भएको थियो ।

स्पष्टवक्ता तथा गाम्बिया विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक इस्माइला सिजाईलाई प्रहरीले बुधबार दिउसो पक्राउ गरेको हो । उहाँलाई बिहीबार विहान रिहा गरिएको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।