दक्षिण कोरिया पुगे उत्तर कोरियाका खेलाडी

सोल । उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेका छन्।

अर्को हप्ता दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो।

यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले सोलबाट जानकारी दिएका छन्।

उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह (मोराङ्बोङ ब्यान्ड)का प्रमुख होङ सोन उलको नेतृत्वको सात सदस्यीय एक समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेको छ।

यही फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यस अघि नै दिएको थियो।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउने जनाएको छ। ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलको बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरेपछि सो नाम यसअघि नै पठाइएको थियो।

यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएका समाचार यसअघि नै आएको थियो। सोही बमोजिम दक्षिण कोरियामा उत्तरको झण्डा पनि फहराइसकेको छ ।

यस खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा लिनुपर्नेमा विश्वका नेताले नै आग्रह गरेका छन्। एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।