सहकारी संस्थाको वार्षीक सभामै उठ्यो ‘धनकुटा राजधानी’ को यस्तो कुरा (फोटो-भिडियो सहित)
अरुण उपभोक्ता सहकारी संस्था धनकुटा १ हिलेको ८ औं वार्षीक साधारण सभा सम्पन्न
माघ १९, धनकुटा खबर । अरुण उपभोक्ता सहकारी संस्था धनकुटा १ हिलेको ८ औं वार्षीक साधारण सभा आज सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष गणेश पोखरेलको अध्यक्षता तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित साधारण सभामा अध्यक्ष पोखरेलले आर्थिक वर्ष २०७४र७५ का लागि पूँजी निर्माण तर्फ ११ करोड ४५ लाख ५० हजार वरावरको कार्य योजना प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै खर्च तर्फ ६७ हजार, र २० लाख ८७ हजार वरावरको आम्दानी र खर्च प्रताव गरिएको छ । कार्य योजना प्रस्तुत गर्दै उहाँले वढ्दो कर्जा माग लाई धान्न र सदस्यहरुलाई सुविधा उपलव्ध गराउन ३ लाख सिमा तोकेको जानकारी गराउनुभयो । संस्थाले विनिमय व्यवस्था अनुसार लाभांश वितरणको प्रति कित्ता रु १५ प्रतिशत को दरले लाभाँश एवम् शिक्षा तथा खर्चको व्यवस्था गरेको जनाएको छ ।

साधारणसभामा जानकारी दिईएअनुसार संस्थाले गत असार मसान्त सम्म २५ हजार ७ सय १ कित्ता शेयर विक्रि गरिसकेको छ । वचत र शेयर पुँजी लाई सन्तुलनमा ल्याउन संस्थाले यस आर्थिक वर्षमा कार्य समिति,लेखा समिति,र ऋण समितिका सदस्यहरु सँग १-१ सय कित्ता शेयर थप खरिद गर्न प्रस्ताव गरेको छ । साधारणसभालाई सम्वोन गर्दै नगर प्रमुख तामाङ्गले सहकारीले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको वताउदै सहकारीमा सम्वद्ध महिला दिदीवहीनीहरुलाई स्वरोजगार उन्मुख वन्न आग्रह गर्नुभयो । त्यसका लागि नगरपालिकाले पनि सहयोग गर्ने उहाँले वताउनुभयो ।
त्यस्तै जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठले सहकारीका सदस्यहरु नै उपभोक्ता तथा मालिक दुवै भएको कारण संस्थालाई व्यवस्थित तथा विकास गर्ने काम सदस्यहरु कै भएको वताउनुभयो । फरक प्रसंगमा उहाँले नेपाल सरकारले प्रदेश नं १ को अस्थायी राजधानी अन्यत्र तोकेर धनकुटालाई अन्याय गरेको वताउनुभयो ।

यता उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले सहकारी विकासका लागि जुन ढंगले अघि वढ्नु पर्ने हो त्यसरी अझै अगाडी जान नसकेको चुनौती रकेको वताउदै आगामी दिनमा सहकारीहरुले यस्ता चुनौतीलाई समाधान गरेर अघि वढी सदस्यहरुलाई थप सुविधा दिन सक्ने वताउनुभयो । सभामा अरुण वचत तथा ऋण सहकारी संस्थाका सचिव अच्युत घिमिरे, राष्ट्रिय वाणीज्य वैंक हिलेका प्रमुख जंग वहादुर लामा लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा तीन जना उत्कृष्ठ वचत कर्ताहरु योगेन्द्र पीठाकोटे,धनमाया थिङ्ग र गंगामाया तामाङ्गलाई पुरस्कृत गरिएको छ । त्यस्तै उत्कृठ ऋणी तर्फ ओम कुमारी थापा,विमला रनपहेली र रोशन गुरुङ्गलाई पुरस्कृत गरिएको छ भने उत्कृष्ठ शेयर कर्ता सिताराम तामाङ्ग लाई पनि पुरस्कृत गरिएको छ ।
सभामा स्वागत मन्तव्य संहकारीका ऋण समिति संयोजक असिम शाक्यले राख्नुभएको थियो भने सञ्चालन दिपक घिमिरेले गर्नुभएको थियो ।


