विश्रान्ती आश्रममा थपिदै छन यस्ता गतिला पूर्वाधार

धनकुटा खबर । साढेतीन दशक देखि असहाय जेष्ठ नागरिकलाई सहारा र संरक्षण दिदै आएको धनकुटाको मुलघाट स्थित बिश्रान्ती बृद्धाश्रममा पूर्वाधार निर्माणले गति लिएको छ ।

फोटोः धनकुटाको मुलघाट स्थित विश्रान्ती बृद्धाश्रममा आश्रीत असहाय जेष्ठ नागरिकका लागि निर्माणाधिन आबास गृह । तस्वीरः विकास घिमिरे / धनकुटा खबर

दान तथा सरकारका विभिन्न परियोजना मार्फत आश्रीत जेष्ठनागरिकको सुविधा तथा विभिन्न धार्मिक र पितृकार्यका लागि अत्यावश्यक हरिहर भवन, पुराण श्रवण केन्द्र, पितृघर, आवास तथा बृद्धमैत्री पटाङगिनी लगायतका संरचना निर्माण भैरहेको छ ।

दान संकलन, दाताहरुको सहयोग र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयको करिब तीन करोड ४५ लाख रुपैयाँको लागतमा विश्रान्ती परिषरमा पूर्वाधार ब्यबस्थापनको काम चलिरहेको आश्रम ब्यबस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिनु भयो ।

बृद्धाश्रममा पूर्वाधार ब्यबस्थापनका लागि दाताहरुले एक रुपैयाँ देखि ७७ लाख रुपैयँसम्म दान गरेका छन् । पितृ उद्धार र मनोशान्तीका लागि भन्दै पितृघर निर्माण गर्न संखुवासभाको चैनपुरका कृष्णगोपाल श्रेष्ठले दान स्वरुप ७७ लाख रुपैयाँ उपलब्ध गराएका हुन् । उनले आश्रीत जेष्ठनागरिकका लागि बार्षिक २५ क्वीन्टल चामल लगायतका खाद्यान्न पनि उपलब्ध गराउँदै आएका छन् ।

निर्माणाधिन हरिहर भवन मृत्यू संस्कारका लागि आउनेहरुलाई संस्कार अबधिभर निशुल्क उपलब्ध गराइने बताइएको छ । घिमिरेले भने, ‘परिवार नहुने, क्रिया कर्मका लागि स्थान अभाव भएका तथा जलासय छेउमै अन्तीम संस्कार गर्न चाहनेलाइ उपलब्ध गराउने योजना छ ।’ १८ लाख रुपैयाँको लागतमा समाजसेवि धनकुटा ७ का पुष्करप्रसाद जोशीले आश्रमका लागि आफ्नै खर्चमा एक तले पुराण श्रवण कक्ष निर्माण गरिहेका छन् ।

निर्माण पश्चात भवन आश्रम ब्यबस्थापनलाइ हस्तान्तर हुने महासचिव जनार्दन घिमिरेले जानकारी दिए । यस्तै समाजसेवी कृष्णा श्रेष्ठले ५ लाख ११ जापान बस्दै आएकि अरुणा श्रेष्ठले ५ लाख ११ तथा धनकुटा ५ कि इन्द्रलक्ष्मी उदासले पनि ५ लाख ११ हजार रुपैयाँ उपलब्ध गराएकि छन् । चालु आर्थिक बर्षको बजेटमा ब्यबस्था भए अनुसार शहरी विकास तथा भवन निर्माण विभाग मार्फत पनि ३२ जना बृद्धबृद्धाका लागि आधुनिक आवास गृह निर्माणको काम चलिरहेको छ ।

सरकाले बजेट बक्तब्य मार्फत सातवटै प्रदेशमा एक÷एकवटा बृद्धाश्रम खोल्ने कार्यक्रम ल्याएको थियो । सोहि अनुरुप बिश्रान्तीमा उक्त भवन निर्माणाधिन छ । आश्रीत बृद्धबृद्धाको भरणपोषणका लागि ब्यबस्थापनले चलाएको एक रुपैयाँबाट एक करोड अभियान जारि छ । ७ बर्ष देखि चलाइएको अभियानबाट १ करोड २५ लाख रुपयाँ संकलन भैसकेको छ । आर्थिक अभावका कारण बृद्धबृद्धाको भरणपोषणमै समस्या भएपछि ब्यबस्थापनले एक रुपैयाँबाट एक करोड अभियान चलाएको थियो ।

२०४१ सालमा समाजसेवीहरु स्व रामनारायण श्रेष्ण, कृष्णप्रसाद वस्ती, शिवप्रसाद पोखरेल, पहलमाज प्रधान, हरिप्रसाद घिमिरे तथा शारदाप्रसाद मिश्र र नीलबहादुर घिमिरेको पहलमा तमोर किनारमा स्थापना गरिएको आश्रमको जग्गा र पूर्वाधारमा मात्रै एक अर्ब भन्दा बढि लगानी भैसकेको घिमिरेले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।