साउदीको भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्र बीचैमा नष्ट

रियाद । साउदी अरबको हवाई प्रतिरक्षा बलले यमनी सिया हुथी विद्रोहीद्वारा साउदी भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सोमबार बीचैमा नष्ट गरिदिएको राज्यसञ्चालित संञ्चारमाध्यमले जनाएको छ ।

यमनको हुथी विद्रोहीको पकड रहेको उत्तरी क्षेत्र सादाबाट गरिएको आक्रमणलाई स्थानीय समय अनुसार ७ बजेर २३ मिनेटको समयमा नष्ट गरिएको साउदी सेनाका कर्नेल तुर्की अल मालिकीले एसपिए न्यूज एजेन्सीलाई बताउनुभयो ।

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई सहयोग गर्दै आएको र इरानको सहयोगप्राप्त हुथी विद्रोहीबीच सन् २०१५ को मार्चदेखि यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म नौ हजार २०० यमनी नागरिकले ज्यान गुमाएका छन् ।

साउदी गठबन्धनले इरानद्वारा हतियारप्राप्त विद्रोहीले पटक पटक यमन तथा साउदी अरबका शहरी इलाकालाई लक्षित गरी आक्रमण गर्दै आएको र तीनलाई बीचैमा नष्ट गरिएको बताउँदै आएको छ ।

गत नोभेम्बरमा पनि इरानका निर्मित हतियारद्वारा विद्रोहीले पटक पटक आक्रमण गर्दा आफ्नो सुरक्षामाथि चुनौति थपिएको भन्दै यसबारे सम्बन्धित सवैलाई जानकारी गराएको छ । नोभेम्बरमा रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको इरानमा निर्मित हतियारलाई आकाशमै नष्ट गरेको रियादले जनाएको थियो । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।