निर्धन बैक धनकुटाद्वारा बीमा दाबी भुक्तानी

धनकुटा खबर । निर्धन उत्थान बैक धनकुटा शाखाले आफ्ना एक बिमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ ।

आफ्नो बैंकको समुहमा आवद्ध धनकुटा ६ जिरो प्वाईन्ट समुहकी महिला सदस्य कमला राईको मृत्यु भएपछि बैंकले उनको परिवारलाई उक्त रकम उपलब्ध गराएको हो ।

बैकका शाखा प्रबन्धक राजेन्द्र खनाल र जेष्ठ नागरीकक रत्न राईले मृतकका श्रीमान् राम बहादुर राईलाई बीमा बापतको २ लाख ७ हजार ९ सय ९ रुपैंया रकम हस्तान्तरण गरेका थिए ।

समुह समानिमा दिईने हरेक कर्जा बरावर रकमको कर्जा अबधिभरीका लागि बैंकले ग्रामिण कर्जा बीमा गरिदिने बैंकको नीति रहेको प्रबन्धक खनालले जानकारी दिए ।
– तस्वीर सौजन्य राजेन्द्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।