अचानक स्वास्थ्यमा समस्या देखिए पछि महानायक अमिताभ बच्चन अस्पताल भर्ना

मुम्बई, २६ माघ । भारतीय सिने उद्योग बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिए पछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो ।

अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छैन ।

अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेताहरु समेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो ।

आज (शुक्रवार) मात्रै उनको आगमी फिल्म ‘१०२ नट आउट’को पहिलो टीजर रिलिज भएको थियो । यस फिल्ममा उनी २७ वर्षपछि ऋषि कपुरसँग देखिँदैछन् ।

गत वर्षको मार्च महिनामा पनि अमिताभ बिरामी परेका थिए । त्यसबेला उनी लगभग १ हप्तासम्म अस्पताल बसेका थिए । लोकानतर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।