सागर व्यवस्थापन समुहको वार्षिक साधारण सभा सम्पन्न, आय-व्यय कति ?
धनकुटा खबर । सागर व्यवस्थापन समुह धनकुटा १ हिलेको ९ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

समुहका अध्यक्ष ठेगनाथ घिमिरेको अध्यक्ष्यता तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न साधरण सभामा सदस्य यूवराज शाहीले १३ करोड ४९ लाख ७६ हजार १ सय सात रुपैया आय र ५ करेड ५९ लाख ९३ हजार १ सय बराबरको व्यय आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै भवण निर्माण समितिका सदस्य मदन मैनालिले आम्दानी २० लाख र २० लाख ६० हजार ७५ रुपैया खर्चभएको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।
सभामा स्वागत मन्तव्य समुहका उपाध्यक्ष चक्र बहादुर कार्र्कीले राख्नु भएको थियो भने सञ्चालन सदस्य नकुल राईले गर्नुभएको थियो ।


