भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी आकाश प्रयोग गरेको भन्दै पाकिस्तानले करिब ३ लाखको बिल भारत पठाइदिएपछि…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेको भन्दै २ लाख ८६ हजार रुपैयाँको बिल भारत पठाइदिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्न आकस्मिक रुपमा लाहोर पुगेका बेला ‘रुट नेभिगेशन शुल्क’ भन्दै पाकिस्तानले भारतलाई उक्त शुल्क् बराबरको बिल पठाइदिएको खबर हलिे भारतीय मिडियामा भाइरल बनिरहेको छ ।
यसअघि पनि पाकिस्तानले मोदीले इरान भ्रमणका लागि पाकिस्तानी आकाश प्रयोग गरेबापत ७७ हजार २१५ रुपैयाँ नेभिगेशन शुल्क तोकिको थियो ।


