कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ ।

राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो ।

रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूचना तथा संस्कृति मन्त्री मोहम्मदलाई राष्ट्रपतिले छानविनको जिम्मा दिनुभएको हो ।

नाइजेरियाको योबे प्रदेश अन्तर्गत पर्ने डाप्छी भन्ने गाउँमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणको बारेमा घटनास्थलमै पुगेर सरोकारबालाहरुसँग बुझेर अनुसन्धान थाल्न राष्ट्रपति बुहारीले निर्देशन दिनुभएको छ ।

बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरुलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीहरुको खोजी तथा उद्धारगर्न आग्रह गर्नुभएको प्रवक्ताले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार कम्तीमा ४६ जना विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहिन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जनाभन्दा बढी विद्यार्थी हराएका थिए ।

बोको हरामका सशस्त्र लडाकूले नै ती छात्राको अपहरण गरेको अनुमान गरिएको छ । ती मध्ये २८ जनालाई मङ्गलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ ।

झण्डै चारवर्ष अघि पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो । अपहरितमध्ये १७० जनालाई मात्र उद्धार गरिएको थियो ।

योबेको छिमेकी प्रदेश बोर्नोमा पर्ने चिबोक सहरबाट उनीहरुलाई अपहरण गरिएको थियो । सम्पर्कबिहीन छात्राहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ ।

तर अहिलेसम्म उनीहरुले ती छात्राको उद्धार गर्न सकेका छैनन् । सरकारले बोको हरामलाई आतंकवादीको सूचीमा राखेको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।