स्तब्ध बनाउने तस्विर : हवाई आक्रमण हुदाँ आफ्नी बहिनीलाई जोगाउँदै सिरियाका एक बालक

कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ।

शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने विभिन्न देशहरुले आ-आफ्नो समूहलाई समर्थन गर्दैं सिरियामा हवाई आक्रमण गरिरहेका छन्।

आन्तरिक र बाह्य द्धन्दले सिरियाको जनजीवन कस्टकर मात्र होइन देशै तहसनहस भईसकेको छ। लाखौं-लाख मानिसहरु शरणार्थी भएका छन्।

पछिल्लो एक सातादेखी विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा परेर पाँच सय भन्दा धेरैको ज्यान गएको छ। जसमा १२१ जना बालबालिकाहरु मारिएका छन् र थुप्रै घाईते भएका छन्।

अन्धाधुन्ध आक्रमणमा बालबालिका र वुद्धवृद्धा प्रत्यक्ष प्रभावित भएका छन्।बम र गोला बारुदको आक्रमण भईरहेको समयमा आफ्नी बहिनीलाई जोगाउने प्रयत्न गरिरहेको एक फोटो यतिबेला भाईरल भइरहेको छ।

हृदयविदारक यो तस्बीरले धेरैलाई स्तब्ध बनाएको छ र मानवताको खिल्ली उडाइरहेको छ। यो तस्बीर हेरेर जो-कोहि भावविह्वल हुन्छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।