सुरु भयो लालबाबुको कडा ‘एक्सन’ : नियम बिपरितका तारे होटल, सिमेन्ट उद्योग र अस्पताललाई कारवाही
काठमाडौं । लालबाबु पण्डितले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै एक्सनमा उत्रिएका छन् ।उनले वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् ।
मन्त्री पण्डितकोे सचिवालयका दिएको जानकारी अनुसार नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो ।ती होटलहरुलाई नियमअनुसार मापदण्ड पुरा गर्न भन्दै एक एक लाख जरीवाना गरीएको छ ।
त्यसैगरी मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाडौं, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल, काठमाडौं मोडेल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले नियम मिच्ने अन्य उद्योग, होटल र अस्पताललाई पनि कारवाही निर्देशन दिएका छन् ।
https://youtu.be/D_QxcWFCnH0


