‘चुप लागेर बसेका देशहरु, आँखा खोल’- सिरियाका एक बालकले गरे विश्वभरका मानिसलाई यस्तो आव्हान – हेर्नुहोस् भिडियो सहित
सिरियाका एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले एक भिडियो मार्फत विश्वभरका मानिसहरुलाई जाग्न आव्हान गरेका छन् ।
उनले भनेका छन्,‘हामीसँग भगवान् मात्र छन् । अब त जाग अरबका देशहरु । दिनहुँ हामी हाम्रो परिवारका सदस्यहरु गुमाइरहेका छौ ।’‘उनले थप्दै भनेका छन्,‘चुप लागेर बसेका देशहरु आँखा खोल । हामीले प्रत्येक दिन परिवार र मानिसहरु गुमाउनु परेको छ । हामीसँग भगवान् मात्र छन् । विश्वका सबै देशहरुले यो सन्देश प्राप्त गरुन् ।’
उनले सबैलाई प्रश्न गर्दै भनेका छन्,‘के हामी आतंककारी हौ । के दिनहुँ मरेका बालबालिका आतंककारी हुन् ।’पछिल्लो समय अमेरिका, रसिया र सिरियाले गरेको आक्रमणमा परी हजारौ बालबालिकाहरुले ज्यान गुमाएका छन् ।


