पछिल्लो भिडन्तमा सिरियामा ८ कुर्दिस सेना मारिए

सिरिया, फागुन १८ । सिरियाको आफरिनमा कुर्दिस लडाकु र टर्किस सेनाबीच भएको भिडन्तमा आठ जना कुर्दिस सेना मारिएका छन् ।

घटनामा १३ जना घाईते भएका छन् । आफरिनमा गत जनवरीदेखि टर्किस सेनाले धावा बोल्दा कुर्दिस सेना अप्ठेरोमा पर्दै आएको छ । टर्किस सेनाको आक्रमणका कारण आफरिनका हजारौं सर्वसाधारण घरबारबिहीन बनेका छन् ।

यता, सिरियाको दमस्कस नजिकैको गुटामा सिरियाली सेनाले गरेको आक्रमणमा ५ सय ८० जना सर्वसाधारणको ज्यान गईसकेको छ भने ३ लाख ९३ हजार सर्वसाधारण फसिरहेका छन् । सिरियाको नाजुक अवस्थाका कारण विश्व समुदाय चिन्तित बनेको छ भने फसेका सर्वसाधारणलाई मुक्त गर्ने प्रयास जारी नै छ ।

सिरियामा आठ दिनसम्म जारी लगातार भएको आक्रमणमा परि घाईते हुनेहरुको अवस्था अझै पनि नाजुक छ । औषधीउपचारको अभावमा उनीहरुको अवस्था नाजुक बन्दै गएको हो । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।