दयाहाङ्ग राई धनकुटा आउने, यस्तो छ कारण

धनकुटा खबर । चर्चित नायक तथा फिल्म डाईरेक्टर दयाहाङ्ग राई धनकुटा आउने भएका छन् ।

टिन्स क्रिउ डान्स ट्रेनिङ्ग सेन्टर धनकुटाले आयोजना गरेको पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ को ग्राण्ड फाईनलको निर्णायकको भूमिका निर्वाह गर्न राई आउन लागेका हुन् ।

आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर संगितकार अशोक मुकारुङ्ग र राई आउने जानकारी दिएको छ ।

चैत्र ३ गते शनिबार धनकुटाको तल्ले टुंडिखेलमा सम्पन्न हुने उक्त फाईनल प्रतियोगितामा बिभिन्न जिल्लाबाट गायन,अभिनय र एकल नृत्य बिद्याका फाईनलमा पुगेका १२ प्रतियोगिहरुबीच प्रतिष्प्रधा हुनेछ ।

बिजेताले रु १ लाख नगल र ५ लाख बरावरको जीवन बिमा पाउने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

उक्त कार्यक्रमलाई गोर्खा ब्रुअरी,प्राईम लाईफ ईन्स्योरेन्स र कान्जिरोवा होटल हिलेले प्रायोजनमा सम्पनन हुने आयोजकले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖